आठौँ उपमेयर अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिता–२०८३ मा शानदार सुरुवात

आठौँ उपमेयर अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिता–२०८३ मा शानदार सुरुवात

1 November 2026

आठौँ उपमेयर अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिता–२०८३ मा हाम्रो विद्यालयको छात्रा फुटबल टोलीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको पहिलो खेलमा नेपाल राष्ट्रिय शमशेर माध्यमिक विद्यालयलाई ४–० गोल अन्तरले पराजित गरेको छ।

खेलको सुरुवातदेखि नै आत्मविश्वास, उत्कृष्ट समन्वय र खेल कौशल प्रदर्शन गरेका हाम्रा खेलाडीहरूले शानदार जित हासिल गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेका छन्।

यस उत्कृष्ट प्रदर्शनका लागि सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई तथा आगामी खेलहरूका लागि शुभकामना व्यक्त गर्दछौँ।

हाम्रो टोलीलाई आगामी खेलहरूमा पनि यस्तै उत्कृष्ट प्रदर्शनका साथ अघि बढ्न सफलताको शुभकामना!

गर्व छ हाम्रा खेलाडीहरूमाथि!