पत्र संख्या: ११२(४३) ०८२/८३
च.नं.: २७२
मिति: २०८२/०८/०५
श्री अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट
गैंडाकोट, नवलपरासी ।
विषय : स्थायी मान्यता सम्बन्धमा।
प्रस्तुत विषयमा श्री अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, गैंडाकोट, नवलपरासीलाई परिषद्को इन्जिनियरिङ शिक्षण संस्थाको स्नातक तहको कार्यक्रमहरुको मान्यता तथा अनुगमन विनियमावली, २०८१ को विनियम बमोजिम परिषद्बाट देहाय बमोजिम स्नातक तहको स्थायी मान्यता प्रदान गर्ने निर्णय भएको हुँदा कार्यान्वयनका लागि पठाइएको व्यहोरा अनुरोध छ ।
परिषद्को निर्णय (निर्णय नं. १२, मिति २०८२/०६/२९)
परिषद्बाट अस्थायी मान्यता प्राप्त अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त), गैंडाकोट, नवलपरासीले बी.ई. सिभिलमा ९६, बी.ई. कम्प्युटरमा ९६ र बी.ई. इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्समा ४८ जना विद्यार्थी भर्ना क्षमता सहित कार्यक्रम सञ्चालन गर्न मान्यता प्राप्त गरेकोमा परिषद्बाट गठित अनुगमन टोलीले उक्त संस्थाको नियमित अनुगमन गरी पेश गरेको प्रतिवेदन माथि परिषद्मा छलफल हुँदा सो संस्थाले इन्जिनियरिङ शिक्षण संस्थाको स्नातक तहका कार्यक्रमहरुको मान्यता तथा अनुगमन विनियमावली, २०८१ को विनियम ९(१) अनुसारको मापदण्ड पूरा गरेको हुनाले उक्त संस्थालाई ९(२) बमोजिम स्थायी मान्यता प्रदान गर्ने ।
स्थायी मान्यताका शर्तहरू:
1) अनुगमन/निरीक्षणको क्रममा पेश भएका लिखित प्रतिबद्धता तोकिएको समयमा पूरा गर्नुपर्ने छ ।
2) विभिन्न माध्यम मार्फत परिषद्को ध्यानाकर्षण भएमा वा ऐन, नियम, विनियम उल्लंघन भएको पाइएमा जुनसुकै बेला पनि पुनः अनुगमन हुन सक्नेछ ।
3) अर्को अनुगमन गर्ने मिति २०८४/०२/२९ भित्र ।
इ. ध्रुव राज भट्टराई
रजिष्ट्रार
(ने.इ.प. नं. ६५२५ सिभिल “क”)